आईपीएल : मुम्बईले चेन्नईलाई दश १० विकेटले हरायो

डिसी नेपाल
८ कार्तिक २०७७ ७:३१
120
Shares

दुबई। आइपीएलको १३ औं सिजनको ४१ औं खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सलाई दश विकेटले पराजित गरेको छ। शारजाहमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको चेन्नईले ११५ रनको टारगेट दिएको थियो।

जवाफमा मुम्बईले १२ .२ ओभरमा विना विकेट ११६ रन बनाएर खेल आफ्नो पोल्टामा पारेको थियो। इशान किशनले नटआउट ६८ र क्विंटन डिककले नटआउट ४६ रन बनाएका थिए।

आईपीएलमा पहिलो पटक चेन्नईले लीग राउण्डमा ८ खेल हारेको छ। यसअघि चेन्नई २०१० र २०१२मा गीगमा ७–७ खेल हारेको थियो। यो पटक हारपछि प्ले–अफका लागि चेन्नईको यात्रा करिव करिव समाप्त भएको छ।

उसँग बाँकी तीन खेल जित्नु बाहेक अन्य टीमको नतिनामा निर्भर रहनुको बिकल्प छैन। उता मुम्बई सीजनमा आफ्नो ७ औं जीतसहित अंक तालिकामा शीर्ष स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.