महाराष्ट्रका पूर्व मुख्यमन्त्री फडणवीसलाई कोभिड–१९ सङ्क्रमण

डिसी नेपाल
८ कार्तिक २०७७ १८:४६
32
Shares

नयाँ दिल्ली (एजेन्सी) । भारतको सत्ताधारी दलका वरिष्ठ नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

फडणवीसले सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ सङ्क्रमित भएको बताएका छन् । साथै उनले विगत केही दिनमा आफ्नो निकट सम्पर्कमा रहेका सबैलाई कोभिड–१९ परीक्षणका गर्न सुझाव दिएका छन् ।

फडणवीस भाजपाको विहार राज्यको निर्वाचन अभियानमा इन्चार्ज छन्। बिहारमा यही अक्टोबर २८ देखि नोभेम्बर १० सम्म विभिन्न चरणमा स्थानीय तहको निर्वाचन मिति तय भएको छ ।
अहिले उक्त राज्यमा निर्वाचन अभियान जारी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.