बार्सिलोनाका अध्यक्षद्वारा राजिनामा

डिसी नेपाल
१२ कार्तिक २०७७ २०:४८
96
Shares

काठमाडौं । बार्सिलोना फुटबल क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पदबाट राजिनामा दिएका छन । सन् २०१४ मा जोसेप मारिया बार्सिलोनाका अध्यक्ष नियुक्त भएका थिए । अध्यक्ष जोसेपले बोर्डका सबै पदाधिकारीहरुसँगै मंगलबार राजिनामा दिएका हुन । क्लबको जिम्मेवारी त्याग्ने क्रममा आफ्नो धारणा राख्दै उनले आर्थिक भविष्यलाई सुनिश्चित गर्न बार्सिलोना यूरोपेली सुपर लिगमा आबद्ध हुने प्रकृयालाई अगाडि बढाएको जानकारी दिए ।

यूरोपियन सुपर लिगमा आबद्ध हुन अध्यक्ष जोसेपमाथि दबाब दिइएको थियो । तर जोसेपले आफू लिगमा आबद्ध हुन तयार रहेको प्रतिक्रिया दिएका थिए । जोसेपले आफ्नो दुई अवधिको कार्यकाल सकाए लगत्तै गत् मार्चमै राजिनामा दिने बुझिएको थियो । गत् सिजनमा बार्सिलोनाले कुनै लिग उपाधि जित्न नसकेको र क्लबको आर्थिक अवस्था समेत कमजोर हुँदै जाँदा जोसेपमाथि दबाब परेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.