युभेन्टस बार्सिलोनासँग पराजित
काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा बिहीवार युभेन्टसले बार्सिलोनालाई परातिज गरेको छ । समूह जी अन्तर्गत भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो ।
बार्सिलोनाका लागि उसमान डेम्बेलेले मेस्सीको सहयोगमा खेलको १४ औँ मिनेटमा गोल गर्दे टोलीलाई १–० अग्रता दिलाए । खेलको ८५ औँ मिनेटमा मेरिह डेमिरल दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो । इन्जुरी समयको पहिलो मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गरेपछि बार्सिलोना २–० विजयी भयो । जितपछि बार्सिलोना ६ अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ । तीन अंक कम रहेको युभेन्टस दोस्रो स्थानमा छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment