म्यानचेस्टर युनाइटेडद्वारा आरबी लेइप्जिग ५–० ले पराजित

डिसी नेपाल
१३ कार्तिक २०७७ १२:४२
88
Shares

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा बिहीवार म्यानचेस्टर युनाइटेडले आरबी लेइप्जिगलाई ५–० ले पराजित गरेको छ । म्यानचेस्टर युनाइटेडले पहिलो हाफमा एक तथा दोस्रो हाफमा चार गोल गरेको हो । म्यानचेस्टरका मार्कस रासफोर्डले ३ तथा म्यासन ग्रिनउड र एन्थानी मार्सलले एक एक गोल गरे ।

म्यानचेस्टरका लागि मार्कस रासफोर्डले खेलको २१ औँ मिनेटमा गोल गर्दे टिमलाई सुरुवाति अग्रता दिलाए । दोस्रो हाफमा मार्कस रासफोर्डले ह्याट्रिक गरे । उनले खेलको ७४, ७८ र इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । यस्तै ८७ औँ मिनेटमा पाएको पेनाल्टीमा एन्थानी मार्सलले खेलको अन्तिम तथा टोलीको लागि पाँचौं गोल गरे । जितसँगै ६ अंकसहित म्यानचेस्टर युनाइटेड समूह एच को शीर्ष स्थानमा छ भने तीन अंकसहित पिएसजी दोस्रो र आरबी लेइप्जिग तेस्रो स्थानमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.