काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज (बिहीवार) बाट बन्द प्रशिक्षण शुरु गर्ने भएको छ । बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्न जाने टोलीको प्रशिक्षण आजदेखि हुने एन्फाले जनाएको छ । नोभेम्बर १३ र १७ मा बंगलादेश राष्ट्रिय टोलीसँग नेपालले उसैको घरेलु मैदानमा दुई खेल खेल्नेछ।
मंगलबार मात्रै एन्फाले बंगलादेश भ्रमणका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई दिइसकेको छ। मुख्य प्रशिक्षक योहान कालिन स्वीडेनमा रहेको र नेपाल आउन समस्या भएपछि महर्जनलाई जिम्मेवारी दिएको हो। नेपालले अघिल्लो वर्ष नोभेम्बरमा फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर्गत छनोट खेल खेलेको थियो। भुटानलाई न्युट्रल भेन्यु बनाएर नोभेम्बरमा अन्तिममा नेपालले अन्तर्राष्ट्रिय खेल खेलेको थियो।
प्रशिक्षणका लागि बोलाइएका ३३ खेलाडी
अभिशेक रिजाल, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, विशाल राई, रञ्जित धिमाल, विकेश कुथु, सुमन अर्याल, नवयुग श्रेष्ठ, सेसेहाङ्ग आङदेम्बे, जर्जपि्रन्स कार्की, विकास खवास, सरोज दाहाल, अमित तामाङ, सुवास गुरुङ, तेज तामाङ, अजित भण्डारी, रवी पासवान, सुनील वल, छिरिङ गुरुङ, आशिष लामा, अनन्त तामाङ, विक्रम लामा, मिक्चेन तामाङ, दिलेन लोक्तान, अञ्जन विष्ट, पुजन उपरकोटी, विमल राना, दिप कार्की, अरिक विष्ट, दर्शन गुरुङ, रोहित चन्द र किरण लिम्बु ।
Facebook Comment