शुक्रवार शाकिब–अल–हसनको प्रतिबन्ध सकिदै
काठमाडौं । भष्ट्राचारको अभियोगमा प्रतिबन्धित रहेका बङलादेशका स्टार क्रिकेटर शकिब–अल–हसनको प्रतिबन्ध भोली (शुक्रवार) सकिदैछ । भष्टाचारको अभियोगका नियम उल्लघन गरेका कारण उनी दुई बर्ष प्रतिबन्धमा परेका थिए । आईसीसी भ्रष्टाचार विरोधी युनीटले भारतीय सट्टेबाजले उनलाई सम्पर्क गरेको र उनले सो कुरा आईसीसीमा जानकारी नगराएको कारण दुई बर्ष प्रतिबन्ध लगाएको थियो । उनलाई आईसीसीले २०१९ अक्टुवर २९ मा प्रतिबन्ध लगाएको मा उनको एक बर्ष निलम्बित प्रतिबन्ध रहेको थियो । बिहीवार उनको प्रतिबन्ध समाप्त हुदैछ ।
शाकिबले पटक–पटक आफुले आईसीसी सुचना अधिकारीहरुलाई जानकारी नगराएको गल्ती स्विकार गरेका छन । बङलादेश टी–२० कप्तान महमुदुल्लाहले ड्रेसिङ रुमले उनको आगमनको प्रतिक्षा गरिरहेको बताएका छन । उनले भने, “हाम्रा एक महत्वपूर्ण खेलाडीको पुनरागमन हुदैछ । शाकिब लामो समय देखी बङलादेश क्रिकेट टोलीमा एक महत्वपूर्ण खेलाडीको रुपमा रहेका छन । हाम्रो ड्रेसिङ रुमले उनको आगमनको प्रतिक्षा गरिरहेको छ । उनले भने, हामीलाई खुशी छ कि अब हामीले पुनः उनलाई टोलीमा देख्न सक्ने छौं । उनीसँग कुरा गर्न सक्ने छौं, उनीसँग समय बिताउन सक्ने छौं ।” ३३ बर्षीय अलराउन्डर शाकिब हाल अमेरिकामा रहेका छन । उनी अर्को महिना बङलादेश फर्किने सम्भावना रहेको छ ।







डिसी नेपाल








Facebook Comment