आईपीएलको ४९ औं खेलमा चेन्नईले टस जितेर बलिङ गर्दै

डिसी नेपाल
१३ कार्तिक २०७७ १९:१९
156
Shares

काठमाडौं । युएईमा जारी आईपीएल २०२० को खेलमा चेन्नईले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । प्लेअफको दौडबाट बाहिरिएको चेन्नई सुपर किंग्स (सिएसके) ले अब आईपीएलको बाँकी खेलमा टोलीहरुको समिकरणलाई बिर्गाने रणनितिमा रहने छ । उसको पहिलो निशान कोलकत्ता नाईट राईर्डस (केकेआर) हुनेछ जो जितको खोजिमा रहेको छ ।

केकेआरको १२ खेलमा १२ अंक रहेको छ । केकेआरले प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाउन सबै खेलहरु जित्नुपर्ने दबाबमा रहेको छ । सिएसके अंक तालिकाको पुछारमा रहेको छ । सिएसके अब खेल्ने खेलहरु केवल प्रतिष्ठाको लागि मात्र हुनेछ ।

चेन्न्ई सुपर किंग्स : महेन्द्र सिंह धोनी (कप्तान), रुतुराज गायकवाड, डु प्लेसिस, अम्बाती रायडू, एन जगदीसन, रवीन्द्र जडेजा, स्याम कुरेन, मिशेल सेन्टनर, दीपक चाहर, मोनू कुमार, इमरान ताहिर ।

कोलकत्ता नाईट राइडर्स : शुभमन गिल, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक (विकेटकीपर), नितीश राणा, राहुल त्रिपाठी, सुनील नरेन, प्याट कमिन्स, कमलेश नागरकोटी, लकी फर्ग्यूसन, वरुण चक्रवर्ती, प्रसिद्ध कृष्ण ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.