प्रशिक्षणमा बोलाईएका चार फुटबल खेलाडीलाई कोरोना संक्रमण
काठमाडौं । बंगलादेशसँगको अन्तर्राट्रिय मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणमा बोलाईएका चार फुटबल खेलाडीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक सूचना जारी गर्दै चार खेलाडीलाई कोरोना संक्रमणको पुष्टि भएको जनाएको हो । बिहीबारबाट सुरु भएको राष्ट्रिय फुटबल टोलीको टिमको प्रशिक्षणका लागि ३४ खेलाडीलाई बोलाइएको थियो । तर, प्रशिक्षणमा भने ३० जना खेलाडीले मात्र सहभागीता जनाएको थिए । चार जनामा कोरोना संक्रमणको पुष्टि भएका कारण प्रशिक्षणमा ३० जनाले सहभागीता जनाएको एन्फाले जनाएको छ ।
कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको एन्फाले जनाएको छ । एन्फाले संक्रमित खेलाडीको नाम भने खुलाएको छैन । प्रशिक्षण सुरु गर्नु पूर्व एन्फाले बुधबार खेलाडीको स्वाव संकलन गरेको तर, चार खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नेपालले बंगलादेशसँगको अन्तर्राट्रिय मैत्रीपूर्ण खेलका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबारबाट प्रशिक्षण सुरु गरेको हो ।







डिसी नेपाल








Facebook Comment