नितीशको अर्धसतमा कोलकत्ताद्वारा चेन्नईलाई १७३ रनको लक्ष्य

डिसी नेपाल
१३ कार्तिक २०७७ २१:२५
116
Shares

काठमाडौं । युएईमा जारी आईपीएल २०२० को ४९ औं खेलमा कोलकत्ताले चेन्नईलाई १७३ रनको लक्ष्य दिएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकत्ता नाईट राईडर्स (केकेआर) निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउदै १७२ रन बनायो । केकेआरका लागि सुरुवाती ब्याटिङ गर्न आएका नितीश राणाले अर्धसतकिय पारी खेल्दै १० चौंका र ४ छक्काको मद्दतमा ६१ बलमा ८७ रन बनाए । केकेआरका अन्य खेलाडीहरुमा ओपनर शुभमन गिलले १७ बलमा चार चौंकाको मद्दतले २६, सुनील नरेनले ७, रिन्कु सिंहले ११, कप्तान इयोन मोर्गनले १५ , राहुल त्रिपाठीले अविजित ३ र दिनेश कार्तिकले अविजित २१ रन बनाए ।

टस जितेर बलिङ गरेको चेन्नई सुपर किंग्स (सिएसके) का लागि रवीन्द्र जडेजा, मिशेल सेन्टनर, कर्ण शर्माले समान एक–एक विकेट तथा लुंगी एनगिडीले २ विकेट लिए । १७३ रनको लक्ष्य पाएको सिएसकेले अब केहि बेरमा ब्याटिङ गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.