नेपालले सहभागिता जनाउने यु–१९ एसिया कप क्रिकेट स्थगित

डिसी नेपाल
१३ कार्तिक २०७७ २२:०५
144
Shares

काठमाडौं । यस बर्षको नोभेम्बर १८ देखि सुरु हुने भनिएको यु–१९ एसिया कप क्रिकेट प्रतियोगिता स्थगित भएको छ । नवौं संस्करणको यो प्रतियोगिता युएईमा हुने तय भएको थियो । कोभिड–१९ का कारण स्थगित भएको प्रतियोगिता अर्को बर्ष २०२१ हुने भएको छ । प्रतियोगिता स्थगित गर्नुअघि एसियन क्रिकेट काउन्सिल (एसिसी)ले सहभागी राष्ट्रहरुसँग अहिलेको माहामारी बखत प्रतियोगिता गर्न हुने वा नहुने राय मागेको थियो । सहभागी राष्ट्रहरुको राय अनुसार नै प्रतियोगिता अर्को बर्ष गर्ने एसिसीले जनाएको छ । अर्को बर्ष हुने प्रतियोगिताको मिती तय गरिएको छैन ।

सहभागी जनाउने राष्ट्रहरु मध्ये बङलादेश र कुवेतले प्रतियोगिताका लागि तयारी पनि सुरु गरिसकेको थियो । प्रतियोगितामा नेपाल, युएई, कुवेतसँगै भारत, पाकिस्तान, बङलादेश, श्रीलंका र अफगानीस्तानले सहभागिता जनाउने तय भएको थियो । कुवेतले यसअघि सन २०१९ मा श्रीलंका भएको यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको थियो । प्रतियोगिता स्थगित भएसँगै कोभिडको कारण क्रिकेट गतिबिधि सुरु गर्न नसकेको नेपालाई प्रतियोगिता अघि गर्ने तयारीको लागि केही राहत पुगेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.