इमामुल हक र हारिस सोहेलको अर्धसतकमा पाकिस्तानद्वारा जिम्बावेलाई २८२ रनको लक्ष्य
काठमाडौं । विश्वकप सुपर लिग अन्तर्गत पाकिस्तानमा जारी जिम्बावे र पाकिस्तान बीचको एकदिवसीय खेलमा घरेलु टोली पाकिस्तानले जिम्बावेलाई २८२ रनको लक्ष्य दिएको छ । रावलपिन्डी क्रिकेट स्टेडियममा आज (शुक्रवार) भएको खेलमा पाकिस्तानले टस जित्दै ब्याटिङ गर्ने निर्णय गर्यो । पाकिस्तानले ओपनर इमामुल हक र हारिस सोहेलको अर्धसतकिय पारीमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८१ रन बनायो । रन आउट हुनु अघि ओपनर इमामुल हक ७५ बलमा ५८ रनको अर्धसतकिय पारी खेले । त्यस्तै चौंथो नम्बरमा ब्याटिङ गर्न आएका हारिस सोहेलले ८२ बलमा ६ चौंका र २ छक्काको मद्दतमा ७१ रन बनाए । पाकिस्तानका अर्का ओपनर आबिद अली कार्ल मुम्बाको बलमा एलबिडब्लुको शिकार भए, उनले २१ रन मात्र बनाउन सके । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान बाबर आजमले पनि टोलीको लागि खासै योगदान दिन सकेनन । उनी १३ रनको ब्यक्तिगत स्कोरमा ब्लेसिङ मुजराबानीको बलमा विकेट किपर ब्रिन्डन टेलोरको हातबाट क्याच आउट भए । पाकिस्तानका अन्य खेलाडीहरुमा मोहम्मद रिजवान (१४), इफ्तिखार अहमद (१२), फहीम अशरफ (२३), इमाद वसीमले अविजित (३४), वहाब रियाज (८) र शाहीन शाह अफरीदीले अविजित (८) रन बनाए ।
बलिङमा जिम्बावेका लागि टेन्डाई चिसोरोले ५ ओभरमा ३१ रन दिएर २ विकेट तथा ब्लेसिङ मुजराबानीले ९ ओभरमा ३९ रन दिएर २ विकेट लिए । जिम्बावेका अन्य बलहरमा कार्ल मुम्बा र सिकन्दर राजाले समान १–१ विकेट लिए । ५० ओभरमा २८१ रनको लक्ष्य पाएको जिम्बावेले केही बेरमा ब्याटिङ गर्नेछ ।







डिसी नेपाल








Facebook Comment