आईपीएलको ५० औं खेलमा राजस्थान रोयल्सले टस जितेर बलिङ गर्ने

डिसी नेपाल
१४ कार्तिक २०७७ १९:२५
100
Shares

काठमाडौं । आईपीएलको १३ औं सिजनको ५० औं खेल किंग्स इलेवन पञ्जाब र राजस्थान रोयल्स बीच अबुधाबीमा हुदैछ । खेलमा राजस्थान रोयल्सले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । यो खेल राजस्थानको लागि एलिमिनेटर जस्तै रहेको छ। यदि स्मिथको टोली यो खेलमा पराजित भएमा, उसको लागि प्लेअफका ढोकाहरु बन्द हुनेछ र चेन्नई पछि प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्ने छ।

यसैबीच पञ्जाबले प्रतियोगितामा ७ औं जीत दर्ता गरेर अंक तालिकामा आफुलाई चौथो स्थान कायम राख्न चाहन्छन । यसअघि पञ्जाब विरुद्व नै राजस्थानले आईपीएलमा सर्वाधिक ठुलो लक्ष्य पुरा गरेको थियो। शारजाहमा खेलिएको सिजनको नवौं खेलमा पहिलो ब्याटिङ गर्दै २ विकेट गुमाएर पञ्जाबले २२३ रन बनाएको थियो। जवाफमा राहुल तेवाटियाको तिव्र गतिको इनिङमा राजस्थानले ३ बल बाँकी रहेको ६ विकेट गुमाएर खेल जितेको थियो ।

किंग्स इलेवन पञ्जाब : केएल राहुल (कप्तान), क्रिस गेल, मन्दीप सिंह, निकोलस पूरन, ग्लेन म्याक्सवेल, दीपक हुड्डा, क्रिस जोर्डन, रवि बिश्नोई, मुरुगन अश्विन, मोहम्मद शमी र अर्शदीप सिंह ।

राजस्थान रोयल्स : स्टीव स्मिथ (कप्तान), बेन स्टोक्स, जोस बटलर, सन्जू स्यामसन, रोबिन उथप्पा, रियान पराग, राहुल तेवतिया, श्रेयस गोपाल, वरुण एरोन, कार्तिक त्यागी र जोफ्रा आर्चर ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.