पहिलो एकदिवसीयमा घरेलु टोली पाकिस्तान विजयी
काठमाडौं । विश्वकप सुपर लिग अन्तर्गत पाकिस्तानमा जारी जिम्बावे र पाकिस्तान बीचको पहिलो एकदिवसीय खेलमा घरेलु टोली पाकिस्तान २६ रनले विजयी भएको छ । रावलपिन्डी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २८१ रन बनायो । पाकिस्तानका लागि ओपनर इमामुल हक र हारिस सोहेलको अर्धसतकिय पारी खेले । रन आउट हुनु अघि ओपनर इमामुल हक ७५ बलमा ५८ रन तथा चौंथो नम्बरमा ब्याटिङ गर्न आएका हारिस सोहेलले ८२ बलमा ६ चौंका र २ छक्काको मद्दतमा ७१ रन बनाए ।
जवाफि ब्याटिङमा २८२ रनको लक्ष्य लिएर मैदानमा आएको जिम्बावे टोलीको सुरुवात खासै राम्रो भएन । जिम्बावेका ओपनर ब्रेन चारी पहिलो ओभरको तेस्रो बलमै शाहीन शाह अफरीदीको बलमा बोल्ड भए । अर्का ओपनर कप्तान चामु चिबाबे पनि १३ रनको ब्यक्तिगत स्कोरमा अफरीदीकै बलिङको शिकार बने । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कारिग ईर्भिनले ईनिङलाई माथि उकास्ने क्रममा ४१ रन बनाए । उनलाई इमाद वसीमले हैरिस रऊफको हातबाट क्याच आउट गराए । चौंथो नम्बरमा ब्याटिङ गर्न आएका जिम्बावेका भरपर्दा ब्याटसम्यान ब्रेन्डन टेलरले सतकिय पारी खेल्दै टोलीलाई जितको नजिक पुगाए । अफरीदीको बलमा क्याच आउट हुनअघि उनले ११६ बलमा ११२ रन बनाए । टेलरले सतकिय पारी खेल्दै टोलीलाई जित नजिक पुगाए पनि पुछारका खेलाडीहरु पाकिस्तानको धारिलो बलिङ सामु टिक्न नसक्दा अन्त्यमा जिम्बावे टोली २६ रनले पराजित भयो ।
बलिङमा पाकिस्तान शाहीन शाह अफरीदी १० ओभरमा ४९ रन खर्चेर ५ विकेट लिए । पाकिस्तानका अन्य बलहरुमा वहाब रियाजले ९.४ ओभरमा ४१ रन दिदै ४ विकेट तथा इमाद वसीमले एक विकेट लिए ।







डिसी नेपाल








Facebook Comment