आईपीएलमा पञ्जाबद्वारा राजस्थानलाई १८६ रनको लक्ष्य
काठमाडौं । युएईमा जारी आईपीएल २०२० को ५० खेलमा किंग्स ईलेवन पञ्जाबले राजस्थान रोयल्सलाई १८६ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाएर १८५ रन बनायो । पञ्जाबका लागि क्रिस गेलले ६३ बलमा ८ छक्का र ६ चौंकाको मद्दतमा ९९ रन बनाए । पञ्जाबका अन्य खेलाडीहरु कप्तान केएल राहुल (४६), निकोलोस पुरन (२२) रन बनाए ।
बलिङमा राजस्थानका लागि जोफ्रा आर्चर र बेन स्टोक्सले समान २–२ विकेट लिए । यो खेल राजस्थानको लागि एलिमिनेटर जस्तै रहेको छ। यदि स्मिथको टोली यो खेलमा पराजित भएमा, उसको लागि प्लेअफका ढोकाहरु बन्द हुनेछ र चेन्नई पछि प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्ने छ। यसैबीच पञ्जाबले प्रतियोगितामा ७ औं जीत दर्ता गरेर अंक तालिकामा आफुलाई चौथो स्थान कायम राख्न चाहन्छन । यसअघि पञ्जाब विरुद्व नै राजस्थानले आईपीएलमा सर्वाधिक ठुलो लक्ष्य पुरा गरेको थियो। शारजाहमा खेलिएको सिजनको नवौं खेलमा पहिलो ब्याटिङ गर्दै २ विकेट गुमाएर पञ्जाबले २२३ रन बनाएको थियो। जवाफमा राहुल तेवाटियाको तिव्र गतिको इनिङमा राजस्थानले ३ बल बाँकी रहेको ६ विकेट गुमाएर खेल जितेको थियो ।







डिसी नेपाल








Facebook Comment