आफूलाई ९९ रनमा आउट गर्ने जोफ्रा आर्चरलाई क्रिस गेलको बधाइ

डिसी नेपाल
१५ कार्तिक २०७७ ८:२२
832
Shares

काठमाडौं। युनिभर्स बोस नामले चिनिने विष्फोटक ब्याट्सम्यान क्रिस गेल शुक्रबार आइपिएलमा राजस्थान रोयल्सविरुद्धको खेलमा ९९ रनमा आउट भए । उनले ६३ बलमा ९९ रन बनाएका थिए । गेल २० औं ओभरको चौथो बलमा जोफ्रा आर्चरको हातबाट बोल्ड भए । शतकबाट चुकेपछि गेल निकै असन्तुष्ट देखिए । उनले रिसमा ब्याट भुइँमा हान्न खोज्दा ब्याट उछिट्टिएर पर पुग्यो ।

तर, लगत्तै गेलले आफूलाई ९९ रनमा आउट गर्ने बलर जोफ्रा आर्चरलाई बधाइ दिए । उनले अगाडि बढेर आर्चरसँग हात मिलाए । आइपिएलमा गेल ९९ रनको स्कोरमा पभेलियन फर्केको यो दोस्रो पटक हो । यसअघि २०१९ को आइपिएलमा पनि गेल रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा ९९ रनमा पभेलियन फर्किएका थिए । यद्यपि गत वर्षको खेलमा गेल आउट भएर नभइ उनको स्कोर ९९ रन पुग्दा निर्धारित ओभर सकिएर नटआउट फर्किएका थिए ।

यो खेलमा गेलले आफ्नो टि–२० करिअरमा १ हजार छक्का पनि पूरा गरेका छन् । गेल टि–२० मा हजार छक्का हान्ने एकमात्र खेलाडी बनेका छन् । गेलको ९९ रनको इनिङपछि पनि पंजाबले खेल जित्न भने सकेन । राजस्थानले यो खेल ७ विकेटले जित्यो । १८६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा ३ विकेटको क्षतिमा हासिल गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.