आईपीएलमा राजस्थानसँग पन्जाब ७ विकेटले पराजित

डिसी नेपाल
१५ कार्तिक २०७७ ९:३०
76
Shares

काठमाडौं । ईन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत शुक्रवार भएको खेलमा राजस्थान रोयल्सले किंग्स इलाभेन पन्जाबलाई सात विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाएर १८५ रन बनाएको थियो । राजस्थानले १८६ रनको लक्ष्य १८ औं ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । पहिले ब्याटिङ गर्ने क्रममा पञ्जाबका लागि क्रिस गेलले ६३ बलमा ८ छक्का र ६ चौंकाको मद्दतमा ९९ रन बनाए । त्यस्तै कप्तान केएल राहुलले ४१ बलमा ४६ रन तथा निकोलस पुरनले १० बलमा २२ रन बनाएका थिए । बलिङमा राजस्थानका लागि जोफ्रा आर्चर र बेन स्टोक्सले समान २–२ विकेट लिए ।

१८६ रनको लक्ष्य लिएर मैदानमा आएको राजस्थान टोलीले १८ औं ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । राजस्थानका लागि बेन स्टोक्सले आक्रमक पारी खेल्दै २८ बलमा ६ चौंका र ३ छक्काको मद्दतले ५० रन बनाए । टि–२० क्रिकेटमा उनको यो नवौं अर्धसतक हो । राजस्थानका सन्जु स्यामसनले पनि टोलीलाई जित दिलाउन महत्तवपूर्ण भुमिका खेले । अर्धसतक बनाउन मात्र २ रन बाट चुकेका उनले २५ बलमा ४८ रन बनाए । ओपनर रोबिन उथ्थप्पाले पनि ३० रनमा आउट हुनु अघि राजस्थानलाई गतिलो सुरुवात दिलाएका थिए । चौंथो र पाचौं नम्बरमा क्रमश ब्याटिङ गर्न कप्तान स्मिथ र जोश बटलरले अविजित पारी खेल्दै टोलीलाई जिताए । कप्तान स्मिथले अविजित रहदै २० बलमा ३१ रन र बटलरले अविजित ११ बलमा २२ रन बनाए । पन्जाबको लागि बलिङमा मुरुगन आश्विन र क्रिस जोर्डनले एक एक विकेट लिए ।

जितसँगै राजस्थानले आईपीएलको प्लेअफमा पुग्ने झिनो आशालाई कायमै राखेको छ । अंक तालिकामा १३ खेलमा १२ अंक पुर्‍याउँदै राजस्थान पाँचौं स्थानमा उक्लेको छ । पञ्जाबको १२ अंक छ र टोली राम्रो रनरेटका कारण चौथो स्थानमा छ । दुबै टोलीले १–१ खेल खेल्न बाँकी रहेको अवस्थामा प्लेअफमा पुग्ने सम्भावना यथावत् नै छ । शीर्ष चार स्थानमा रहने टोली प्लेअफमा पुग्ने प्रावधान छ ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.