रोनाल्डो कोरोना संक्रमण मुक्त
काठमाडौं । पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना संक्रमण मुक्त भएका छन । गत अक्टोबर १३ मा उनी कोरोना संक्रमण पुष्टि भएपछि सेल्फ आइसोलेशनमा रहेका थिए । आइसोलेशनमा रहेको १९ दिनपछि उनी कोरोना संक्रमण मुक्त भएका छन । युभेन्टसका लागि खेल्ने स्टार फुटबलर कोरोना पोजेटिभ देखिनु अघि नेशन्स लिगमा पोर्चुगलबाट फ्रान्स विरुद्ध खेलेका थिए। त्यसपछि उनी लिस्बनमा आइसोलेशनमा फर्किनु परेको थियो । गत अक्टुबर २२ उनको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको थियो ।
शुक्रवार युभेन्टसले रोनाल्डो पूर्ण रुपमा स्वस्थ्य रहेको र अब उनी मैदान फर्कन सक्ने कुराको पुष्टि गरेको छ । क्लबका अनुसार उनको रिपोर्ट नेगेटिभ आएकोले अब उनले आइसोलेशनमा बस्नु नपर्ने जनाईएको छ ।
. @Cristiano recovers from Covid-19https://t.co/4etecyAw0O pic.twitter.com/YPZSm0My8A
— JuventusFC (@juventusfcen) October 30, 2020







डिसी नेपाल








Facebook Comment