आइपिएलः ९९ रनको स्कोरमा आउट भएका क्रिस गेलमाथि कारवाही

डिसी नेपाल
१५ कार्तिक २०७७ ११:१३
2.3k
Shares

काठमाडौं। इण्डियन प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा राजस्थान रोयल्सविरुद्ध ९९ रनको इनिङ खेलेका किंग्स ११ पंजाबका ब्याट्सम्यान क्रिस गेल कारवाहीमा परेका छन् । केवल १ रनले शतकबाट चुकेका गेललाई म्याच फीको १० प्रतिशत जरिवाना लगाइएको छ । ९९ रनको स्कोरमा बोल्ड भएपछि गेल करिअरको २३ औं टि–२० शतकबाट चुकेका थिए । शतकबाट चुकेसँगै निराश भएका गेलले रिसमा ब्याटले भुइँमा हान्न खोज्दा ब्याट पर उछिट्टिएको थियो ।

गेलको यो प्रतिक्रियालाई आइपिएलको आचार संहिताको उल्लंघन ठहर गरिएको आइपिएलको आधिकारिक वेबसाइटमा प्रकाशित रिपोर्टमा जनाइएको छ । बायाँहाते ब्याट्सम्यान गेलले अबु धाबीको शेख जायद स्टेडियममा इनिङको सातौं छक्का हानेर आफ्नो करिअरको हजारौं छक्का त पूरा गरे तर शतकबाट भने चुकेका थिए । उनलाई जोफ्रा आर्चरले बोल्ड गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.