पञ्जाबको हारसँगै आईपीएल अंक तालिकाको समीकरणमा परिवर्तन, यस्तो छ पुरा गणित
काठमाडौं । आईपीएल २०२० को थ्रिल चरम सीमामा छ। युएईमा जारी चर्चित टी २० लिगमा अब प्लेअफको दौड एकदमै रोमाञ्चक हुदै गएको छ । प्रतियोगिताको लिगमा ५० औं खेल सकिदा सम्म मुम्बई इन्डियनले मात्र प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्न सकेको छ। अन्य ३ स्थानहरूको लागि ६ टोली दावेदारका रुपमा देखिएका छन । शुक्रबार अबु धाबीमा भएको महत्त्वपूर्ण खेलमा राजस्थान रोयल्सले किंग्स इलेवन पञ्जाबलाई पराजित गर्दा सम्पूर्ण समीकरणहरू परिवर्तन भएको छ । राजस्थानको जीतसँगै अंक तालिकामा उथलपुथल भएको छ। जितसँगै राजस्थान टोली पनि प्लेअफको दौंडमा समेल भएको छ ।
मुम्बईले अहिले सम्म खेलेको १२ खेल मध्ये ८ मा जित र ४ मा हार ब्योहोरेको छ । टोली १६ अंक र १.१८६ रनरेट सहित अंक तालिकाको शिर्षमा रहदै आफ्नो स्थान प्लेअफमा सुरक्षित गरेको छ । मुम्बईले लिगका बाँकि दुई खेलहरु जितेर आफुलाई शिर्ष स्थानमा यथावत राख्ने दाउमा रहेको छ । रोयल च्यालेन्जर बेङलोर र दिल्ली क्यापिटल्सले समान १२–१२ खेलहरु खेलेका छन । दुबै टोलीले ७–७ खेलहरु जितेका छन र दुबैको बराबर १४ अंक रहेको छ । यद्यपि रन रेटको आधारमा आरसिबी (०.०४८) टोली अंक तालिकामा दिल्ली (०.०३०) भन्दा एक स्थान माथि रहदै दोस्रो स्थानमा रहेको छ । आरसिबीले आजको खेल तथा दिल्लीले आ–आफ्नो खेल जितेमा दुबै टोलीले प्लेअफमा स्थान बनाउन सक्छ । यसो हुदा प्लेअफका लागि चौंथो टोलीको खोज सुरु हुनेछ ।
किंग्स ईलेवेन पञ्जाब र राजस्थान रोयल्सले लिगमा समान १३–१३ खेलहरु खेलेका छन । टोलीहरुको ६–६ जितसँगै समान १२ अंक रहेको छ । यद्यपि रन रेटको आधारमा पञ्जाब (–०.१३३) टोली अंक तालिकामा चौंथो, राजस्थान (–०.३७७) पाचौं र कलकत्ता (–०.४६७) छैठौं स्थानमा रहेको छ । यसका साथै सनराईजर्स हैदरावाद पनि यो दौडमा सामेल रहेको छ । हैदरावादले लिगमा अहिले सम्म १२ खेल खेलेको छ । टोलीको खेलमा ५ जितसँगै १० अंक रहेको छ । हैदरावादको रनरेट (०.३९६) राम्रो रहेको छ । यदि टोलीले लिग चरणका बाँकि दुई खेलहरु जितेमा
हैदरावादको प्लेअफमा सम्भावान मजबुत हुनेछ ।
अंक तालिका








डिसी नेपाल








Facebook Comment