इमरानले बीबीएलमा मेलबर्नबाट खेल्ने

डिसी नेपाल
१५ कार्तिक २०७७ १२:०६
92
Shares

काठमाडौं । बिग बाश लिगका टोली मेलबर्न रेनेगेड्सले लिगको १० औं सिजनका लागि दक्षिण अफ्रीकाका अनुभवी स्पिनर इमरान ताहिर र अफगानिस्तानका युवा खेलाडी नूर अहमदलाई टोलीमा अनुबन्धन गरेको छ । करिब ३०० भन्दा बढी टी–२० खेल खेलिसकेका ताहिरले बीबीएल २०२०–२१ का केही सुरुवाती खेलहरु गुमाउने छन । उनले क्रिसमस पछिका खेलहरु मात्र खेल्ने टोलीले जनाएको छ ।

मेलबर्नका कोच माइकल क्लिङगरले भने, “इमरान एक अनुभवी खेलाडी हुन, उनले विश्व भरिका टि–२० खेलहरुमा राम्रो प्रदर्शन गरेका छन । उनी एक विकेट टेकर बलर हुन ।” उनले भने, “हामीले एक बर्ष भन्दा बढी समय देखी नूर अहमदलाई वाच गरिरहेका थियौं र उनी आफ्नो करियरको सुरुवातमा रहेका छन । उनी राम्रो क्यालिटीका बलर हुन र हामीलाई आशा छ उनको बल ब्याटसम्यानहरुलाई खेल्न पक्कै गार्हो हुनेछ ।”

ताहिर हाल आईपीएल २०२० मा चेन्नई सुपर किंग्सका लागि खेलीरहेका छन । उनलाई चेन्नईले मात्र २ खेलमा मौका दिएको छ । उनले भने, “मैले बीबीएलका खेलहरु हेरेको छु, यो एकदमै चुनौतीपूर्ण प्रतियोगिता हो । म मेलबर्न रेनेगेड्ससँग जोडिन उत्साहित छु र बीबीएलको २०२०–२१ सिजन मेरो लागि सफल हुनेछ भन्ने विश्वास छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.