आईपीएलमा दिल्लीद्वारा मुम्बई सामु १११ रनको सामान्य लक्ष्य
काठमाडौं । आईपीएल २०२० अन्तर्गत युएईमा जारी लिगचरणको ५१ औं खेलमा दिल्लीले मुम्बईलाई १११ रनको समान्य लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर ११० रन मात्र बनायो । दिल्लीका लागी कप्तान श्रेयस अय्यरले सर्वाधिक २५ रन बनाए । सुरुवाती ओभर देखी नै खराब प्रदर्शन गरेको दिल्लीका लागी अन्य खेलाडीहरुमा ऋषभ पन्त (२१), रविचन्द्रन अश्विन (१२), कगिसो रबाडा (१२), पृथ्वी शा (१०) र शिमरोन हेटमायरले (११) रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक छुन सकेन ।
मुम्बईका लागी ट्रेन्ट बोल्टले ४ ओभरमा २१ रन दिएर ३ विकेट र जसप्रीत बुमराहले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । मुम्बईका अन्य खेलाडीहरु नाथन कूल्टर–नाइल र राहुल चाहरले एक–एक विकेट लिए । आजको खेल दिल्लीको लागि महत्वपूर्ण रहेको छ । मुम्बई सँगको खेल दिल्लीले जितेमा टोली आईपीएलको प्लेअफमा पुग्नेछ । मुम्बईले अहिले सम्म खेलेको १२ खेल मध्ये ८ मा जित र ४ मा हार ब्योहोरेको छ । टोली १६ अंक र १.१८६ रनरेट सहित अंक तालिकाको शिर्षमा रहदै आफ्नो स्थान प्लेअफमा सुरक्षित गरेको छ । १२ खेलमा ७ खेल जितेको दिल्ली १४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ ।







डिसी नेपाल








Facebook Comment