दोस्रो एकदिवसीयमा जिम्बावेले टस जितेर ब्याटिङ गर्दे
काठमाडौं । विश्वकप सुपर लिग अन्तर्गत पाकिस्तानमा जारी जिम्बावे र पाकिस्तान बीचको दोस्रो एकदिवसीय खेलमा जिम्बावेले टस जितेर ब्याटिङ गरिरहेको छ । कोरोना माहामारीको समयमा पहिलो पटक विदेश भ्रमणमा निस्केको जिम्बावे टोली पहिलो एकदिवसीय खेलमा पाकिस्तानसँग २६ रनले पराजित भएको थियो । रावलपिन्डी क्रिकेट स्टेडियममा घरेलु पाकिस्तानले टस हारेर बलिङ गरिरहेको छ ।
यो समाचार तयार पार्दा सम्म टस जितेर ब्याटिङ गरेको जिम्बावेले २५ ओभरमा ४ विकेट गुमाएर १२० रन बनाएको छ । जिम्बावेका ओपनर ब्रेन चारी र पहिलो एकदिवसीयमा सतकिय पारी खेलेका ब्रेन्डन टेलर ३६ रन बनाएर आउट भएका छन ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment