सन्दिप शर्माले आइपिएलमा रेकर्ड बनाउँदा कोहली र धोनीको नाममा लेखियो खराब रेकर्ड
काठमाडौं । इण्डियन प्रिमियर लिगमा सनराइजर्स बैदराबादका तीब्र गतिका बलर सन्दिप शर्माले नयाँ रेकर्ड बनाएका छन् । गएराती भएको खेलमा उनले रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई आउट गरेसँगै कुनै एक जना ब्याट्सम्यानलाई सबैभन्दा धेरै पटक आउट गरेको रेकर्ड बनाएका छन् । आइपिएलमा सन्दिपले हिजो विराट कोहलीलाई आउट गरेको सातौं पटक पुग्यो । यसअघि कोहलीलाई आशिष नेहराले पनि आइपिएलमा ६ पटक आउट गरेका थिए ।
सबैभन्दा धेरै पटक एउटै ब्याट्सम्यानलाई आउट गरेको सन्दिपको रेकर्ड संयुक्त भएको छ । उनीसँगै जहीर खानले पनि आइपिएलमा एउटै ब्याट्सम्यानलाई ७ पटक आउट गरेका थिए । जहीर खानले महेन्द्र सिंह धोनीलाई ७ पटक आउट गरेका थिए । सन्दिपले जहिर खानको रेकर्ड बराबरी गर्दा एउटै बलरको हातबाट सबैभन्दा धेरै पटक आउट भएको खराब रेकर्ड महेन्द्र सिंह धोनी र विराट कोहलीको नाममा संयुक्त रुपमा लेखिएको छ ।
सन्दिप केवल २७ वर्षका छन् र उनको खेल करिअर अझै धेरै बाँकी छ । सन्दिपले आइपिएलका आउँदा सिजनमा कोहलीलाई पुनः आउट गरेर यो रेकर्ड आफ्नो एक्लैको नाममा लेखाउने सम्भावना निकै उच्च छ । कोहलीको विकेट लिएपछि सन्दिपले भने ‘कोहली यो खेलका सर्वश्रेष्ठ ब्याट्सम्यानमध्ये उक हुन् । उनको विकेट लिनु सधैं विशेष हुने गर्छ ।’







डिसी नेपाल








Facebook Comment