धोनीले लगाइदिए अनुमानमाथि पूर्णबिराम !
काठमाडौं। चेन्नइ सुपरकिंग्सका कप्तान महेन्द्र सिंह धोनीले यो सिजन आफ्नो आइपिएल करिअरको अन्तिम सिजन नहुने प्रस्ट पारेका छन् । ३९ वर्षका धोनीले यसै वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । यससँगै यो सिजन धोनीको लागि अन्तिम सिजन हुने र उनले सबैखाले क्रिकेटबाट सन्यास लिने अनुमान गरिएको थियो । तर, धोनीले यी सबै अनुमानमाथि पूर्णबिराम लगाउँदै यो सिजन आफ्नो अन्तिम सिजन नहुने प्रस्ट पारेका छन् ।
यो सिजनको अन्तिम खेल खेल्दै गर्दा हिजो किंग्स ११ पंजाबविरुद्ध टसका क्रममा धोनीले यो पहेंलो जर्सीमा आफ्नो अन्तिम खेल नहुने बताए । यो सिजनको लागि प्लेअफबाट बाहिरिइसकेको चेन्नइको लागि हिजोको खेल यो सिजनको अन्तिम खेल थियो तर धोनीले हिजोको खेल अन्तिम नहुने भन्नुको अर्थ उनी अर्को सिजन पनि पहेंलो जर्सीमा खेल्नेछन् । धोनीको यो भनाइले उनलाई अर्को सिजनको लागि पनि चेन्नइ सुपरकिंग्सले रिटेन गर्नेमा समेत उनी विश्वस्त छन् ।
हुन त चेन्नइ सुपरकिंग्सका अध्यक्ष एन श्रीनिवासनले यसअघि नै धोनीले जबसम्म चाहन्छन् तबसम्म चेन्नइबाट खेल्न सक्ने बताइसकेका थिए । यस्तोमा धोनीको हिजोको अभिव्यक्तिले चेन्नइले अर्को सिजन पनि धोनीलाई रिटेन गर्ने प्रस्ट भएको छ । हिजो टसका क्रममा डेनी मोरिसनले धोनीसँग यो चेन्नइ सुपर किंग्सको लागि उनको अन्तिम खेल त होइन भनेर सोधेका थिए । जवाफमा धोनीले भने ‘निश्चित रुपले होइन ।’







डिसी नेपाल








Facebook Comment