आईपीएलको यात्रामा पूर्ण विराम लागेपछि राजस्थानका कप्तान स्मिथले के भने ?

डिसी नेपाल
१७ कार्तिक २०७७ १३:२६
848
Shares

काठमाडौं । कोलकत्ता नाईट राईडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान रोयल्सको जारी आईपीएल यात्रामा पूर्ण विराम लागेको छ । प्लेअफको यात्रामा रहिरहन राजस्थानले आईतवारको खेल्न जित्नु पर्ने थियो तर त्यो हुन सकेन र कप्तानले हारको कारण लगातार विकेट गुमाउनु बताए । रास्थानलाई जितको लागी १९२ रनको आवश्यकता थियो । ओपनर रोबिन उथप्पाले पहिलो बलमै छक्का प्रहार गर्दे राम्रो सुरुवात गर्ने कोसिस गरे तर उनी पहिलो ओभरकै अन्तिम बलमा बोल्ड हुन पुगे । यहीबाट राजस्थानको विकेट पतन हुन सुरु भयो ।

खेलपछि स्मिथले भने, “मलाई यो विकेटमा १८० सम्म रन बन्छ जस्तो लागेको थियो, विकेट थोरै ओसिलो रहेछ । पावर प्लेमा चार विकेट आउट हुनु नै हाम्रो लागी खराब बन्यो । त्याहाबाट खेलमा फर्किन गार्हो भयो । प्याट कमिन्सको घातक बलिङ नै राजसथानको हारको मुख्य कारण बन्यो । उनले पावर प्लेमा हाम्रा मुख्य ब्याटसम्यानहरु उथप्पा, स्टोक्स र मेरो विकेट लिए ।” स्मिथले भने, “कमिन्सले लाईनमा बलिङ गरे हाम्रो सुरुवात राम्रो भएको थियो । तर त्यसपछि हामीले लगातार विकेट गुमायौं । लिगको अन्त्य दुर्भाग्यपूर्ण रहयो । उनले भने, हामीले लिगमा राम्रो सुरुवात गरेका थियौ र यसअघिका दुई खेलहरु पनि जितेका थियौ । मध्यमा हामी बाटोमा भौतारियौ । शिर्ष चार पाँचमा रहेका ब्याटसम्यानहरुले जिम्मेवारी लिन सकेनन ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.