दर्पणको ‘माया यस्तो’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
१७ कार्तिक २०७७ १६:१५
8
Shares

काठमाडौं । चर्चित गीतकार दर्पण राईको पछिल्लो गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘माया यस्तो बनोस् हाम्रो’ बोल गीतको भिडियो दर्शक तथा श्रोताका लागि जति प्रतिक्षित थियो, त्यति नै गीतकार दर्पणका लागि पनि ।

तर, भिडियो सार्वजनिक भएसँगै ‘यो गीतले गीतकार दर्पण राईको साखः कायम राख्ला ?’ भन्ने प्रश्न पनि उब्जिएको छ । ‘तिम्ले बाटो फेरेऊ अरे’जस्ता चर्चित गीतका गीतकारको पहिचान छ दर्पण राईसँग । यसैबेला उनले आफ्नो महत्वकाँक्षी गीत ‘माया यस्तो बनोस् हाम्रो’ ल्याएका हुन् ।

मीठास र कर्णप्रिय गीतको भिडियो फिल्मीशैलीमा बनेको छ । भिडियो हेर्दा लाग्छ, ‘कुनै फिल्मभित्रको गीत हो यो ।’ हो, यस सन्दर्भमा पनि यो भिडियो गीतकार दर्पणका लागि चुनौती बनेको हो, किनकी यसै भिडियोमार्फत उनी मोडलका रुपमा खुलेका छन् जबकि यसअघि मोडलिङ गरेपनि यसरी उनी खुलेका थिएनन् । मानौँ, ‘माया यस्तो बनोस् हाम्रो’ दर्पणका लागि गीतिकारिताको एउटा खुड्किलो मात्र नभएर फिल्मीयात्राको ‘भर्‍याङ’ पनि हो ।

यस भिडियोलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । उनले यस गीतको भिडियोलाई एउटा छोटो फिल्मको रुपमा प्रस्तुत गरेका छन् । नेपाली फिल्मी क्षेत्रमा उज्वल सम्भावना बोकेकी प्रशंसा र गीतकार दर्पणलाई निर्देशक चाम्सले भिडियोमा उत्कृस्ट काम गराएका छन् ।

मोडल तथा गायिका सम्झना राई र संगीतकार समेत रहेका गायक विक्रम राईले गाएको ‘माया यस्तो बनोस् हाम्रो’ गीतलाई दर्पणले नै लेखेका हुन् । एमएमएस इन्टरटेनमेन्टको अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतको संगीतकार अजय कार्की हुन् । यस भिडियोलाई सिनेमाटोग्राफर राम केसीले खिचेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.