तेस्रो एकदिवसीयमा जिम्बावेले टस जितेर ब्याटिङ गर्दै
काठमाडौं । पाकिस्तानको रावलपिन्डीमा जारी विश्वकप सुपर लिग अन्तर्गत जिम्बावे र पाकिस्तान बीचको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा जिम्बावेले टस जितेर ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म पाहुना टोलीले १८ ओभरमा ३ विकेट गुमाएर ८१ रन बनाएको छ ।
पहिलो एकदिवसीयमा २६ रन तथा दोस्रो एकदिवसीयमा ६ विकेटको पराजय ब्याहोरेको पाहुना टोली जिम्बावेले साख जोगाउन पनि आजको खेल जित्नुपर्ने देखिन्छ । एकदिवसीय वरियतामा नेपाल भन्दा दुई स्थान माथि १४ औं स्थानमा रहेको जिम्बावे टोलीले पाकिस्तानमा सोचे अनुरुपको प्रदर्शन गर्न सकेको छैन । यता विश्व एकदिवसीय वरियतामा ६ औं स्थानमा रहेको घरेलु टोली पाकिस्तान उच्च मनोबलका साथ एकदिवसीय सिरीज आफ्नो हात पारेको छ । एकदिवसीय सिरीज पछि दुबै टोलीबीच नोभेम्बर सात, आठ र दशमा टि–२० श्रंखला हुनेछ ।







डिसी नेपाल








Facebook Comment