भारतीय सेना प्रमुखलाई मानार्थ महारथीबाट विभुषित नगर्न मैनालीको माग

डिसी नेपाल
१८ कार्तिक २०७७ १७:३४
56
Shares

काठमाडौं। भारतीय सेना प्रमुख जनरल मणिमुकुन्द नरवणेको नेपाल भ्रमणको पूर्व सन्ध्यामा उनको नेपाल भ्रमणलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (माले)ले विरोध जनाएको छ। माले महासचिब सीपी मैनालीले मंगलबार अपराह्न एक विज्ञप्ति जारी गर्दै नरवणेको नेपाल भ्रमणको विरोध गरेका छन्।

नरवणे बुधबार तीन दिने भ्रमणका क्रममा काठमाडौं आउँदै छन्। माले महासचिब मैनालीले नेपालको स्वतन्त्रतालाई लाञ्छित गरेका नरवणेलाई नेपाली सेनाको मानार्थन महारथीबाट विभुषित गर्नु कदापी उपयुक्त नहुने बताएका छन्।

नक्सा विवादमा नरवणेले नेपालले कसैको उक्साहटमा नयाँ नक्सा जारी गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए। सोही भनाईले नेपालको स्वतन्त्रतालाई लाञ्छित गरेको मैनालीको भनाई छ। मैनालीले नरवणेलाई विभुषित गर्नुले भारतले नेपाली मूमि कब्जा गरेको विषय सामान्य ठहरिने भन्दै सरकारलाई सचेतसमेत गराएका छन्। उनले दुई देशले एकअर्काका सेनाप्रमुखलाई विभुषित गर्ने परम्परा नै अन्त्य गर्नुपर्ने माग गरेका छन्।

नेपाल र भारत दुबै देशमा एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीबाट विभुषित गर्ने प्रचलनअनुसार नेपाली प्रधानसेनापति पूर्णचन्द्र थापा भारतीय राष्ट्रपति रामनाथ कोविदबाट विभुषित भइसकेका छन् भने नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभुषित गर्दैछिन्।

सीमा विवादका कारण नेपाल र भारतबीच तिक्तता जारी रहेका बेला भारतीय सेना प्रमुखको हुन लागेको भ्रमणले कूटनीतिक वार्ताको ढोका खोल्ने दुबै देशले अपेक्षा गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.