आइपिएलले सचिन तेन्दुलकरलाई तर्सायो
काठमाडौं। इण्डियन प्रिमियर लिगको प्लेअफ समीकरण लगभग पूरा भएको छ । प्लेअफमा तीन टिम पुगिसकेका छन् । बाँकी एउटा टिमको छिनोफानो आज हुने मुम्बइ र हैदराबादको खेलपछि हुनेछ । क्रिकेट फ्यानहरुले आइपिएलको जारी सिजनमा धेरै रमाइलो महसुस गरे । तर, क्रिकेटका भगवान भनिने सचिन तेन्दुलकरलाई भने एउटा घटनाले तर्साएको छ ।
सचिन तेन्दुलकरले मंगलबार दिउँसो ट्वीटरमा एउटा भिडियो शेयर गरेका छन् जुन भिडियोमा रनआउटका लागि थ्रो गर्ने क्रममा सनराइजर्स हैदराबादका ब्याट्सम्यान विजय शंकर ठूलो दुर्घटनाबाट बचेका छन् । निकोलस पुरनले फ्याँकेको थे सिधै विजय शंकरको टाउकोमा लागेको थियो । विजय शंकर हेल्मेटका कारण बचेका थिए ।
The game has become faster but is it getting safer?
Recently we witnessed an incident which could’ve been nasty.
Be it a spinner or pacer, wearing a HELMET should be MANDATORY for batsmen at professional levels.
Request @icc to take this up on priority.https://t.co/7jErL3af0m
— Sachin Tendulkar (@sachin_rt) November 3, 2020
तेन्दुलकरले यो भिडियो शेयर गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद र सबै देशका क्रिकेट बोर्डसँग ब्याट्सम्यानलाई हेल्मेट लगाउन अनिवार्य गर्न आग्रह गरेका छन् । अहिले ब्याट्सम्यानले ब्याटिङका क्रममा हेल्मेट लगाउनु अनिवार्य छैन । ब्याट्सम्यानले तीब्र गतिका बलर अगाडि खेल्दा आफ्नो सुरक्षाका लागि हेल्मेट लगाउँछन् तर स्पिनरको बल खेल्दा हेल्मेट खोलेर खेल्ने गरेका छन् ।
सचिनले भिडियो शेयर गर्दै अहिले टि–२० क्रिकेट निकै तीब्र भएको तर अब यो सुरक्षित छ कि छैन भन्ने प्रश्न उठेको बताएका छन् । हालै देखिएको घटना निकै दुखद हुन सक्ने उल्लेख गर्दै सचिनले ब्याट्सम्यानले स्पिनर वा फास्ट बलर जो भए पनि हेल्मेट लगाउन अनिवार्य गरिनुपर्ने राय व्यक्त गरेका छन् । क्रिकेट फ्यानहरुले पनि सचिनको यो रायमा सहमति जनाएका छन् ।







डिसी नेपाल








Facebook Comment