एकदिवसीय क्रिकेट इतिहासकै दोस्रो सुपर ओभरमा पाकिस्तान पराजित
काठमाडौं । पाकिस्तानको रावलपिन्डीमा जारी विश्वकप सुपर लिग अन्तर्गत जिम्बावे र पाकिस्तान बीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोली पाकिस्तान सुपर ओभरमा पराजित भएको छ । एकदिवसीय क्रिकेट ईतिहासमै यो दोस्रो सुपर ओभर हो । यसअघि २०१९ को एकदिवसीय विश्वकप क्रिकेटको फाईनलमा ईङल्यान्ड र न्युजिल्यान्डबीच भएको थियो ।
अन्तिम एकदिवसीय खेलमा टस जितेर ब्याटिङ जिम्बावे टोलीले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाएर २७८ रन बनायो । जिम्बावेका लागि सिन विलियम्सले १३५ बलमा १३ चौ्रका र १ छक्काको मद्दतले ११८ रनको अविजित पारी खेले । विकेट किपर ब्रेन्डन टेलरले पनि अर्ध सतकिय पारी खेल्दै ५६ रन बनाए । अर्ध सतक बनाउन केवल ५ रन चुकेका पाहुना टोलीका सिकन्दर राजाले ३६ बलमा ४ चौंका र १ छक्काको मद्दतले ४५ रन बनाएर आउट भए । बलिङमा पाकिस्तानका लागि मोहम्मद हसनैनले १० ओभरमा ३ मेडन सहित २६ रन खर्चेर ५ विकेट लिए ।
टस हारेर २७९ रनको लक्ष्य लिएर मैदानमा आएको घरेलु टोली पाकिस्तान निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २७८ रन बनाउदा खेल सुपर ओभरमा गयो । पाकिस्तानका लागि कप्तान बाबर आजमले उत्कृष्ट ब्याटिङ गर्दै १२५ बलमा १२५ रन बनाएर आउट भए । पाकिस्तानका अन्य खेलाडीहरुमा वाहाब रियाज (५२), खुशदिल शाह (३३), ईफ्तिखार अहमद (१८), हैदर अली (१३), मोहम्मद रिजवान (१०) रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंक छुन सकेनन । बलिङमा जिम्बावेका लागि ब्लेसिङ मुजाराबानीले १० ओभरमा १ मेडन सहित ४९ रन दिएर ५ विकेट लिए । रिर्चाड नग्राभा र डोनाल्ड ट्रिपानोले २–२ विकेट लिए ।







डिसी नेपाल








Facebook Comment