अमेरिकी राष्ट्रपति निर्वाचनः जो बाइडेनलाई ३३ इलेक्टोरल भोटको अग्रता
काठमाडौं। अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । न्यूयोर्क टाइम्सका अनुसार अहिलेसम्मको गणनामा जो बाइडेनले १३१ र डोनाल्ड ट्रम्पले ९८ इलेक्टोरल भोट पाएका छन् । अहिलेसम्मको गणनामा सबैभन्दा विशेष कुरा फ्लोरिडामा ट्रम्प अगाडि छन् । फ्लोरिडालाई ‘स्विङ’ अर्थात अस्थिर राज्य भनिन्छ । यो स्विङ स्टेटमा जसले जित्छ उही ह्वाइट हाउस पुग्छ भन्ने विश्वास गरिन्छ किनकि अमेरिकाको पछिल्लो १०० वर्षको इतिहासमा यही भएको छ ।
अयोवामा बाइडेन अगाडि छन् । सीएनएनकी राजनैतिक विश्लेषक डाना बेशका अनुसार फ्लोरिडा र पेन्सलभेनियामा निकै कडा प्रतिस्पर्धा हुनेछ । डेमोक्रेटहरुले ल्याण्डस्लाइड विजयको अपेक्षा गरेका थिए तर अहिलेसम्मको नतिजा त्यस्तो छैन । सिनेटको हकमा ४३ सिटमा डेमोक्रेट र ३८ सिटमा रिपब्लिकन अगाडि छन् । हाउस अफ रिप्रिजेन्टेटिभमा ५३ मा डेमोक्रेट र ७९ सिटमा रिपब्लिकन अगाडि छन् । न्यूयोर्क टाइम्सका अनुसार जुन मतदाताले २०१६ मा मतदान गरेका थिएनन् वा जसले थर्ड पार्टीलाई भोट दिएका थिए उनीहरु दुवै थरीले अहिले बाइडेनलाई भोट दिएका छन् । ह्वाइट हाउस आसपास गाडी चलाउन रोक लगाइएको छ । युएसए टुडेका अनुसार ह्वाइटहाउस आसपास नेशनल गार्डस तैनाथ गरिएका छन् ।







डिसी नेपाल








Facebook Comment