ट्रम्पले भनेः हिजोसम्म जितेको ठाउँमा कसरी पछाडी भएँ?
वाशिङ्टन (एजेन्सी)। अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना जारी छ। रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच कर्डा प्रतिष्पर्धा चलिरहेको छ।
यो समाचार तयार पार्दासम्म इलोक्ट्रो कलजेमा बाइडेनले झिनो अग्रता बनाएका छन्। बाइडेनले २२४ इलोक्ट्रो कलेजमा जित हात पार्दा ट्रम्पले २१३ मा जितेका छन्।
दोस्रो दिन मतगणना शुरु भएपछि ट्रम्पले ट्वीट गर्दै मतगणनाप्रति आशंका जनाएका छन्। उनले हिजोसम्म आफूले जितेको स्थानमा कसरी पछाडी भएँ भनेर प्रश्नसमेत गरेका छन्। उनले सप्रराइज भोट गणना भएकोसमेत बताएका छन्। उनले चुनावी सर्वेक्षणसमेत गलत भएको प्रतिक्रिया दिएका छन्।
हालसम्मको नतिजाले दुबै उम्मेदवारमा कडा टक्कर देखिएको छ। दुबै उम्मेदवारले आफू जित्ने दावी गरिरहेका छन्।







डिसी नेपाल








Facebook Comment