नेपाली फुटबल टोली बंगलादेशतर्फ प्रस्थान
काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम आज बंगलादेश प्रस्थान गरेको छ । किरण चेम्जोङको कप्तानीमा नेपाली टोलीले बङ्गलादेशसँग आगामी कार्तिक २८ र मंसिर २ गते ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । नेपाली टोलीको ढाकामा पाँच दिन आइसोलेसनपछि पुनः पीसीआर परीक्षण हुनेछ ।

कोरोनाको त्रासका विच खेल्न जाँदा समेत प्रशिक्षक तथा खेलाडीहरु उत्साहित देखिएका छन् । राखेपका सदस्यसचिव रमेश सिलवालले बंगलादेश जाने खेलाडीको बिदाइ गरेका थिए ।



प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment