बाइडेन छोरालाई राष्ट्रपति बनाउन चाहन्थे तर आफैं राष्ट्रपति बने भने छोराले देख्ने छैनन्

डिसी नेपाल
२० कार्तिक २०७७ १६:४९
19.8k
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति पदका डेमोक्रेट उम्मेदवार जो बाइडेन जीतको धेरै नजिक पुगिसकेका छन् । जीतका लागि चाहिने २७० इलेक्टोरल कलेज भोटमध्ये बाइडेले २६४ सिट जितिसकेका छन् । अब उनलाई मात्रै ६ सिट आवश्यक छ । अर्कोतर्फ पपुलर भोटमा पनि उनी डोनाल्ड ट्रम्पभन्दा झण्डै ३५ लाख भोटले अगाडि छन् ।

तर, एक समय यस्तो थियो जतिबेला जो बाइडेन आफू भन्दा पनि आफ्ना छोरालाई राष्ट्रपति बनाउन चाहन्थे । जो बाइडेन आफ्ना जेठा छोरा ब्यू बाइडेनलाई अमेरिकाको राष्ट्रपति बनाउन चाहन्थे । जो बाइडेनका दुई छोरा छन् । तीमध्येका जेठा ब्यू बाइडेन थिए र उनी राजनीतिमा सक्रिय थिए । तर, ब्यूको २०१५ मा ब्रेन क्यान्सरका कारण मृत्यु भएको थियो ।

बाइडेनले गएको जनवरीमा एक अन्तरवार्तामा आफू नभइ ब्यू अहिलेको राष्ट्रपतीय निर्वाचनमा भिडिरहेको हुनुपर्ने बताएका थिए । तर, ब्यूको २०१५ मा निधन भइसकेको छ । ब्रेन क्यान्सरका कारण निधन भएका ब्यूलाई जो अहिलेको राष्ट्रपति पदको दावेदार मान्दथे । जोले अहिले आफू नभइ आफ्ना छोरा ब्यू राष्ट्रपति पदको निर्वाचन लडिरहेको हुनुपर्ने बताएका थिए । जो बाइडेनको किताब ‘प्रोमिस मी ड्याड’ मा यो उल्लेख छ ।

ब्यू बाइडेन राजनीतिमा सक्रिय थिए । उनी २००७ देखि २०१५ सम्म अमेरिकाको डेलवायर राज्यका ४४ औं अटर्नी जनरल थिए । जो बाइडेनले आफ्नो किताबमा लेखेका छन् ‘म सधैं सोच्थें कि मेरो ठूलो छोराले अमेरिकाको राष्ट्रपति पदको लागि चुनाव लड्न सक्छन् र आफ्नो भाइको सहयोगले जित्न पनि सक्छन् ।’ ब्यू २००८ र २०१२ मा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामालाई जिताउन महत्वपूर्ण भूमिका निभाउने व्यक्ति पनि हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.