विशाल लक्ष्य पछ्याएको दिल्लीको दुर्दशा, रन नबनाउँदै ३ विकेट

डिसी नेपाल
२० कार्तिक २०७७ २१:५२
816
Shares

काठमाडौं। आईपीएलको फाइनलका लागि भएको प्रतिष्पर्धामा दिल्ली क्यापिटल्सले खराब ब्याटिंग गरेको छ। दुबई मैदानमा २०१ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले टिमको स्कोर खाता नखुल्दै महत्वपूर्ण २ विकेट गुमाएको छ।

दिल्लीका ओपनर पृथ्र्वी शो लगातार फ्लप हुनेक्रममा ट्रेन्ट बोल्टको दोस्रो बलमै विकेट किपरलाई क्याच दिन पुगे। उनीपछि मैदानमा आएका अजिंक्या रहाणे पनि खाता नै नखोली बोल्टको बलमा एलबीडब्यू आउट भए। बोल्ट पहिलो ओभरमा रन नदिएर महत्वपूर्ण २ विकेट लिँदै टिमलाई बलियो शुरुआत दिएका छन्।

त्यसपछि बलिंगमा आएका जसप्रित बुमराहले शिखर धवनलाई बोल्ड गर्दै टिमलाई तेस्रो सफलता दिलाए। दिल्लीले दोस्रो ओभरमा तीन विकेट गुमाउँदासम्म रनको खाता खोल्न सकेको छैन।

यसअघि मुम्बईले २०० रन बनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.