अमेरिकी चुनाव कानूनी झमेलामा फस्ने निश्चित, चुनाव जित्ने ट्रम्पको दावी

डिसी नेपाल
२० कार्तिक २०७७ २२:२४
820
Shares

वाशिङ्टन (एजेन्सी)। चुनावअघि बहस भए झै अमेरिकी राष्ट्रपतीय निर्वाचन कानूनी झमेलामा फस्ने निश्चित भएको छ। राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले मतगणनालाई चुनौति दिँदै कानून प्रक्रियामा जाने बताएपछि अमेरिकी राष्ट्रपतीय निर्वाचन कानूनी झमेलामा फस्ने निश्चित भएको हो।

ट्रम्पले ट्वीट गर्दै विपक्षी उम्मेदवार जो बाइडेनले जितेको दावी गरेका सबै राज्यहरुमा पुनमतगणनाका लागि कानूनी प्रक्रियामा गएको बताएका छन्। उनको यो भनाईसँगै जित नजिक रहेका बाइडेन पनि कानूनी उपचारमा जानुपर्ने बाध्यता आउने विश्लेषण गरिएको छ।

हालसम्म सार्वजनिक मतपरिणामअनुसार बाइडेनले २६४ इलेक्टोरल भोट जितेका छन् भने ट्रम्पले मात्र २१४ इलेक्टोरल भोट जितेका छन्। अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट आवश्यक पर्छ।

मतदान हुनुअघि नै ट्रम्पले मतदानमा गडबडी हुने बताउँदै आएका थिए। उनले हुलाकमाफर्त हुने मतदानमा गडबडी हुने भन्दै चुनावअघि नै चुनावी परिणाम अस्वीकार गर्ने संकेत दिएपछि अमेरिकामा ट्रम्पले ह्वाइट हाउस नछोडे के गर्ने भन्नेसम्मका बहस भएका थिए।

मतदान भएर गणना शुरु भएको तेस्रो दिनसम्म आइपुग्दा ट्रम्पले कानूनी प्रक्रियामा गएको बताएर अमेरिकी मतपरिणामलाई सजिलै स्वीकार नगर्ने संकेत गरेका छन्। ट्रम्पले हुलाकमार्फत अनउने भोटमा शंक जगाउनुको मुख्य कारण त्यस्ता भोटहरुमा बाइडेनले अग्रता लिनुलाई मानिएको छ।

ट्रम्पले यसअघि बारम्बार मतगणना रोक्नसमेत भनिसकेका छन्। तर, मतगणना भने जारी रहेको अमेरिकी सञ्चार माध्यमहरुले बताएका छन्। हालसम्म ४४ राज्यको परिणाम सार्वजनिक भइसकेको छ भने ६ राज्यको परिणाम आउन बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.