अग्रता लिइरहेका राज्यमा पनि पछि पर्दै ट्रम्प, हारजीतको अन्तर ठूलो हुन सक्ने
काठमाडौं। अमेरिकी राष्ट्रपति निर्वाचनको जारी मतगणनामा अग्रता लिइरहेका स्थानमा पनि बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प पछि पर्न थालेका छन् । प्रतिस्पर्धी डेमोक्रेट उम्मेदवार जो बाइडेनले मतान्तर घटाइरहेका छन् । धेरै इलेक्टोरल भोट भएका प्रमुख राज्यहरु पेन्सलभेनिया, नर्थ क्यारोलिना र जर्जियामा ट्रम्प हिजोसम्म धेरै अगाडि थिए तर यी राज्यमा अग्रता घटेको छ र बाइडेन ट्रम्पको नजिकै पुगेका छन् ।
Keep the faith, folks.
— Joe Biden (@JoeBiden) November 6, 2020
यी तीन राज्यसहित अलास्कामा समेत ट्रम्पको अग्रता छ तर यो अग्रताले ट्रम्पलाई पुग्दैन । ६ इलेक्टोरल सिट भएको नेवादामा बाइडेनले अग्रता कायमै राखेका छन् र अन्तिम मत गणना हुँदासम्म बाइडेनको अग्रता कायमै रहे बाइडेनको २७० सिट अर्थात बहुमत पुग्नेछ । बाँकी सबै सिट जितेमा पनि ट्रम्पको सिट २६८ मात्रै हुनेछ । बाइडेनले २६४ सिट जितिसकेका छन् । ट्रम्पले भने २१४ सिट मात्र जितेका छन् ।
Donald Trump is going to court to stop votes from being counted. We have assembled the largest election protection effort in history to fight back and need your help.
Chip in to make sure every vote is counted: https://t.co/ksrwxu9nDE
— Joe Biden (@JoeBiden) November 6, 2020
जर्जियामा ट्रम्प सबैभन्दा धेरै खतरामा छन् । १६ इलेक्टोरल सिट भएको यो राज्यमा हिजोसम्म ट्रम्प ठूलो अन्तरले अगाडि थिए तर बाइडेनले त्यो अन्तर घटाउँदै गएका छन् । पछिल्लो स्थितिमा जर्जियामा ट्रम्पको मत २४ लाख ४७ हजार १५ पुगेको छ । बाइडेनले मत अन्तर घटाउँदै आफ्नो मत २४ लाख ४४ हजार ५१८ पुर्याइसकेका छन् ।
STOP THE FRAUD!
— Donald J. Trump (@realDonaldTrump) November 5, 2020
लाखौं मत गणना हुने राज्यमा यो निकै सानो अन्तर हो र जुन अनुपातमा ट्रम्प र बाइडेनको मत बढिरहेको छ यस्तै रहने हो भने बाँकी मत गणना हुँदा बाइडेन अगाडि पुग्नेछन् । बाइडेनले अग्रता कायमै राखेको नेवादाको ६ सिटसँगै जर्जियाको १६ इलेक्टोरल सिट जितेमा बाइडेनको जीतको अन्तर २ सिटबाट बढेर ३४ सिटको अन्तर हुनेछ । यद्यपि अहिले नै विजेताको घोषणा हुने सम्भावना छैन । केही राज्यमा १२ नोभेम्बरसम्म गणना जारी रहन सक्ने बताइएको छ ।
All of the recent Biden claimed States will be legally challenged by us for Voter Fraud and State Election Fraud. Plenty of proof – just check out the Media. WE WILL WIN! America First!
— Donald J. Trump (@realDonaldTrump) November 5, 2020
लगातार पछि पर्दै गएपछि ट्रम्पको टिमले अदखालतको बाटो समाएको छ । मिशिगन र जर्जियामा त ट्रम्पले अदालत गएर पनि केही हासिल गर्न सकेनन् तर पेन्सलभेनियामा भने उनको माग मानिएको छ । यहाँ अब अदालतको आदेशअनुसार दुवै पार्टीका बराबर पोलिङ एजेन्टले गणनास्थलसम्म पहुँच पाउनेछन् । यहाँ ट्रम्पले आफ्ना एजेन्टलाई गणनास्थलमा प्रवेश नदिइएको आरोप लगाएका थिए । डेमोक्रेटहरुलाई भने हुँच दिइएको उनको आरोप थियो ।
STOP THE COUNT!
— Donald J. Trump (@realDonaldTrump) November 5, 2020
ट्रम्पले पटक पटक ट्वीट र पत्रकार सम्मेलन गरेर गणना रोक्न माग गरिरहेका छन् । अर्कोतर्फ जो बाइडेनले समर्थकहरुलाई धैर्य गर्न अपिल गरिरहेका छन् । ट्रम्पले भने केवल बैध भोटहरु मात्र गणना गर्ने हो भने आफूले जित्ने दावी गरिरहेका छन् । ट्रम्पले अहिले अमेरिकी इतिहासमै सबैभन्दा धेरै भोटको चोरी भएको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पका यी दावीको अमेरिकी मिडियामा भने तीब्र आलोचना भइरहेको छ । स्मरणीय छ ट्रम्प मिडियाका कटु आलोचक हुन् र उनले आफूविरुद्ध समाचार लेख्ने अमेरिकाका कैयौं ठूला मिडियालाई फेक मिडिया भन्ने गरेका छन् ।







डिसी नेपाल








Facebook Comment