फाइनलमा संकटमा पर्न सक्छ मुम्बइ इण्डियन्स

डिसी नेपाल
२१ कार्तिक २०७७ ९:१९
8.9k
Shares

काठमाडौं। इण्डियन प्रिमियर लिगमा मुम्बइ इण्डियन्स फाइनल प्रवेश गरेको छ । गएराती भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै मुम्बइले फाइनलमा स्थान सुरक्षित गरेको हो । ५७ रनको यो जीतलाई मुम्बइका कप्तान रोहित शर्माले सर्वश्रेष्ठ जीत भनेका छन् । हिजोको खेलमा मुम्बइको जीतको आधार ट्रेन्ट बोल्टले तयार गरेका थिए । पहिलो ओभरमै कुनै रन नदिइ दिल्लीका २ ब्याट्सम्यान आउट गर्ने बलर ट्रेन्ट बोल्ट फाइनलमा मुम्बइको टिममा नहुन सक्छन् जसले मुम्बइलाई फाइनलमा कठिनाइ थप्नेछ ।

ट्रेन्ट बोल्ट हिजोको खेलमा घाइते भएका छन् । यही कारण उनले हिजोको खेलमा पनि २ ओभर मात्र बलिङ गरे । कप्तान रोहित शर्माले बोल्ट फाइनलसम्म ठिक हुने आशा व्यक्त गरेका छन् तर उनी ठिक हुन्छन् कि हुँदैनन् भन्ने निश्चित छैन । हिजोको खेलपछि रोहितले भने ‘ट्रेन्टले राम्रो महसुस गरिरहेका छन् । अगाडि ठूलो खेल छ र हामी त्यो खेलमा उनलाई फिट भएको हेर्न चाहन्छौं । मलाई विश्वास छ उनी १० नोभेम्बरमा मैदानमा हुनेछन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.