प्रेमिकाको आग्रहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राजीनामा दिँदै

डिसी नेपाल
२१ कार्तिक २०७७ ११:५४
6.1k
Shares

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको राष्ट्रपति पदबाट राजीनामा दिने भएका छन् । मस्को स्रोतलाई उद्धृत गर्दै बेलायती अखबार द सनले स्वास्थ्यका कारण पुटिनले आगामी वर्ष २०२१ को सुरुवातमा पदबाट राजीनामा दिन लागेको दावी गरेको छ ।

अन्य कैयौं अन्तर्राष्ट्रिय संचारमाध्यमले समेत पुटिनलाई पार्किन्सन्स रोग भएको र यही कारण उनले राजीनामा दिन लागेको दावी गरेका छन् । रुसको राजनीतिको निरक्षिण गरिरहेका विज्ञहरुले समेत पछिल्लो भिडियो फुटेजमा ६८ वर्षीय पुटिनमा पार्किन्सन्सको लक्षण भएको सम्भावना देखिएको बताएका छन् ।

यस विषयमा जानकार विश्लेषकहरुले पुटिनकी पूर्व जिम्न्यास्ट प्रेमिका ३७ वर्षीया एलिना कबाएबाले पुटिनलाई जिम्मेवारी छाड्न आग्रह गरिरहेको दावी गरेका छन् ।

पछिल्लो भिडियो फुटेज हेरेका अवलोकनकर्ताहरुले पुटिनका खुट्टाहरु कुर्सीमा बस्दा पनि निरन्तर काँपिरहेको देखिएको बताएका छन् । कलम समाउँदा पनि पुटिनका औंलाहरु काँपिरहेको दावी गरिएको छ । उनले भिडियोमा एउटा कपबाट केही पिएको देखिएको छ जो सम्भवतः पेनकिलरको ककटेल हुन सक्ने दावी गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.