१८ हजारको अन्तर ४ सयमा झ-याे, के बाइडेनले ट्रम्पले भन्दा ३४ सिट बढी जित्लान् ?

डिसी नेपाल
२१ कार्तिक २०७७ १५:१६
5.5k
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपतिको जारी मतगणनामा डेमोक्रेट उम्मेदवार जो बाइडेनले हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा ३४ इलेक्टोरल सिट बढी जित्न सक्ने सम्भावना देखिएको छ। स्थानीय समयअनुसार बिहीबार बिहानसम्म ट्रम्पले १८ हजार बढी मतले अग्रता लिइरहेको जर्जियाको अग्रता गुमाउँदै गएका छन्।

उनको अग्रता साँधुरिँदै गएर स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजे (नेपाली समय शुक्रबार दिउँसो ३ बजेतिर) ४ सयको हाराहारीका झरेको छ ।

अब बाइडेनले यसअघि अग्रता लिइरहेको नेवादाको ६ सिट जित्ने हो र जर्जियामा पछिल्लो समय गनिएका मतमा देखिएको ट्रेन्ट कायमै रहने हो भने बाइडेनले ट्रम्पले भन्दा ३४ सिट बढी जित्न सक्ने देखिएको छ।

बाइडेनले नेवादा जितेमा उनको इलेक्टोरल सिट संख्या २७० पुग्नेछ । यसमा जर्जियाको १६ सिट थपिने हो भने २८६ सिट हुनेछ । ट्रम्पले त्यसपछि बाँकी रहेका नर्थ क्यारोलिना, अलास्का र पेन्सलभेनियाका सबै सिट जिते पनि ट्रम्पको सिट २५२ मात्रै हुनेछ।

नेपाली समयअनुसार हिजो बेलुकीसम्म जर्जियामा ट्रम्पको अग्रता बलियो थियो। तर नेपालमा आज बिहान उज्यालो हुँदासम्मको गणनामा ट्रम्पको अग्रता घटेर तीन हजारको हाराहारीमा झरेको थियो । बिहान ११ बजेतिर यो अग्रता १७ सयजतिमा झरेको थियो।

शुक्रबार अपरान्ह ३ बजेतिर ट्रम्पले त्यो अग्रता पनि गुमाएका झन् र अब ट्रम्पको अग्रता मात्रै ४६३ मतको छ । जर्जियामा अहिलेसम्मको गणनाअनुसार ट्रम्पले २४ लाख ४८ हजार २३२ मत पाएका छन् । बाइडेनले अग्रता घटाउँदै छन् र उनको मत पनि २४ लाख ४७ हजार ७६९ पुगिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.