जर्जियामा ट्रम्पले अग्रता गुमाए, बाइडेन विशाल जिततर्फ अग्रसर
वाशिङ्टन (एजेन्सी)। अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना अन्तिमतर्फ जाँदा वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प पराजित हुने सम्भावना बढेको छ। उनले शुरुदेखि अग्रता लिइरहेको जर्जियामा मतगणना सकिनै लाग्दा अग्रता गुमाएका छन्।
१६ इलोक्टरल कलेज भोट रहेको जर्जीमा उनी विपक्षी उम्मेदवार जो बाइडेनभन्दा करिम १५ सय मतले पछाडी परेको अमेरिकी समाचार माध्यमहरुले जनाएका छन्। त्यहाँ करिब ९९ प्रतिशत मतगणना भइसकेको जनाइएको छ। जर्जियामा पछाडी परेसँगै ट्रम्प दोस्रो कार्यकालका लागि व्हाइट हाउस पुग्ने सम्भावना निकै कमजोर बनेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्।
राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने कम्तिमा २७० इलेक्टोरल कलेज भोट मध्य बाइडेनले २५३ मा जित हात पारि सकेका छन्। जर्जियामा जिते उनको इलेक्टोरल कलेज भोट संख्या २६९ पुग्नेछ। बाइडेनले ६ इलेक्टोरल भोट रहेको नेभडा र ११ इलेक्टोरल भोट रहेको एरिजोनामा पनि अग्रता बनाइरहेका छन्।
अन्तिम मतपरिणाम आउन बाँकी पाँच राज्य मध्ये तीनमा बाइडेनले अग्रता बनाएका छन् भने दुईमा ट्रम्पले अग्रता बनाएका छन्। ट्रम्पले हालसम्म २१३ मात्र इलेक्टोरल कलेज भोट जितेका छन्। उनी २० इलेक्टोरल कलेज भोट रहेको पेन्सिल्भेनिया र १५ इलेक्टोरल भोट रहेको नर्थ क्यालोरिनामा अगाडि छन्।







डिसी नेपाल








Facebook Comment