श्रीमतीमाथि तातो तेल खन्याएपछि…

डिसी नेपाल
२१ कार्तिक २०७७ १९:२५
3.3k
Shares

धादिङ। धादिङको नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुुजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा बसीरहेकी श्रीमतिलाई तेल तताएर शरिरमा खन्याएपछि पुजा सख्त घाइते भएकी छन् । तातो तेलले पोलेर टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको छ । घाइतेको किर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई गिरफ्तार गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं

प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारीले बताए।
घाइतेको किर्तिपुरस्थित किर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको छ । आरोपितविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरेको छ । घटना प्रकृतिअनुसार मुद्धामा अनुसन्धान हुने र कसुर अनुसारको अदालतले सजाय गर्ने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.