काबुलको विश्वविद्यालयमा भएको हमलाको फ्रान्सेली राष्ट्रपति म्याक्रोद्वारा निन्दा
पेरिस (रासस/एएनआई)। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले अफगानिस्तानको राजधानी काबुलको एक विश्वविद्यालायमा भएको हमलाको निन्दा गरेका छन्। उनले काबुलको विश्वविद्यालयमा आईएसद्धारा भएको हमलाको निन्दा गरेका हुन्। उनले आफ्नो ट्वीट अकाउन्टमा सो हिंसात्मक हमलाको घटनाको निन्दा गरेका छन्।
गत सोमबार उक्त विश्वविद्यालयमा आईएसका लडाकूहरु आएर हमला गरेका थिए । विश्वविद्यालयका विद्यार्थीहरुमाथि नै हमला गरेका थिए । उक्त हमलामा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको थियो भने अरु कैयौं विद्यार्थी गम्भीर रुपमा घाइते भएका थिए । सो हमलाको जिम्मेवारी आइएसले लिएको थियो ।
फ्राली राष्ट्रपति इमानुएल म्याक्रोले ट्वीटमा भनेका छन्, ‘यसरी विद्यालयमा पुगेर विद्यार्थीहरुमाथि गर्ने हिंसात्मक हमला र हत्याको कार्य निन्दनीय छ । यसमा संलग्न भएका सबैलाई कडाभन्दा कडा कारबाही गर्नुपर्दछ ।’
उनले शिक्षण संस्थाहरु भनेका पवित्र स्थानहरु भएकोले ती स्थानहरुलाई संरक्षण गर्नुपर्ने पनि त्यस सन्देशमा जनाएका छन्।







डिसी नेपाल








Facebook Comment