डोनाल्ड ट्रम्पले आरोप लगाइरहँदा जो बाइडेन भने काममा समेत जुटिसके
काठमाडौं। अमेरिकी राष्ट्रपति पदको लागि जीतको नजिकै पुगिसकेका उम्मेदवार जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक अभिव्यक्तिको निकै गम्भीर तरिकाले जवाफ दिएका छन् । बाइडेनले भने ‘हामी प्रतिद्वन्द्वी हुन सक्छौं तर हामी दुश्मन होइनौं । हामी अमेरिकी हौं ।’ ट्रम्पले राष्ट्रपति पदका विषयमा अहिले कानुनी कारवाही सुरु मात्रै भएकोले बाइडेनले पदमा दावी गर्न नहुने बताएपछि बाइडेनले यस्तो जवाफ दिएका थिए ।
बाइडेनले भने फेरि पनि राष्ट्रपति पदमा दावी गर्दै भनेका छन् ‘बित्दै गएको समयको साथमा यो प्रस्ट हुँदै गइरहेको छ कि रेकर्ड संख्यामा अमेरिकीहरु जसमा सबै जाति, धर्म र क्षेत्रका नागरिक छन् उनीहरुले परिवर्तनलाई रोजेका छन् ।’ आँकडाले आफूहरु जित्न गइरहेको स्पष्टसँग देखाएको बाइडेनले बताए । जनताले आफूहरुलाई कोभिडमाथि एक्सन लिने र अर्थव्यवस्थामा एक्सन लिने जनादेश दिएको बताउँदै बाइडेनले जनताले जलवायु परिवर्तन र संस्थागत नश्लवादविरुद्ध काम गर्ने जनादेश दिएको पनि बताए ।
आफूले जित्नेप्रति आश्वस्त बाइडेनले यो चुनावमा डेमोक्रेटहरुले ३ सयभन्दा धेरै इलेक्टोरल भोट पाउने बताए । बाइडेनले आफ्नो जीत सुनिश्चित भइसकेको बताउँदै आफूले राष्ट्रपतिको रुपमा गर्ने काममा पनि जुटिसकेको खुलासा गरेका छन् । बाइडेनले राष्ट्रपति पदमा बहाल भएको पहिलो दिन नै कोरोनाभाइरस नियन्त्रणका लागि एक्सन प्लान ल्याउने बताए ।







डिसी नेपाल








Facebook Comment