ईङल्यान्ड विरुद्वको टि–२० र एकदिवसीय सिरीजको लागि अफ्रीकी टोली घोषणा
काठमाडौं । दक्षिण अफ्रिका किकेटले ईङल्यान्ड विरुद्व हुने टि–२० र एकदिवसीय सिरीजको लागि टोलीको घोषणा गरेको छ । घोषणा गरिएको २४ सदस्यीय टोलीमा कसिको रबाडा र जुनीयर डालाले पुनरागमन गरेका छन । डि कोकको कमान्डमा रहेको टोलीमा डेल स्टेनलाई बाहिर राखिएको छ ।
यसअघि अष्ट्रेलियासँग भएको सिमित ओभरको क्रिकेट भन्दा पहिले रबाडा घाईते भएका थिए भने डाला मार्चाले २०१९ पछि पहिलो पटक टोलीमा पुनरागमन गरेका छन । तिन टि–२० र तिन एकदिवसीय खेल हुने सिरीजमा पहिलो पटक तिव्र गतिका बलर ग्लेन्टन स्टुरम्यानलाई सामेल गरिएको छ । तर तिव्र गतिका अनुभवि बलर डेल स्टेनलाई बाहिर राखिएको छ । सिरीजको सुरुवात २७ नोभेम्वरमा टि–२० सिरीजबाट हुनेछ । बाँकीका खेलहरु २९ नोभेम्वर र एक डिसेम्बरमा हुनेछ । एकदिवसीय श्रंखलाका खेलहरु क्रमश चार, छौं र नौं डिसेम्बरमा हुनेछ । कोभिड–१९ का कारण खेलहरु जैव सुरक्षित वातावरणमा हुनेछ ।
दक्षिण अफ्रीकी टोली : क्विटन डिकोक (कप्तान), तेम्बा बावुमा, जूनियर डाला, फाफ डुप्लेसिस, ब्योर्न फोर्टुइन, बेयूरन हेन्ड्रिक, रीजा हेन्ड्रिक, हेनरिच क्लासेन, जर्ज लिन्डे, केशव महाराज, जानमैन मालन, डेविड मिलर, लुन्गी एन्गिडी, एनरिच नोर्ट्जे, एन्डिले पेहलुख्वायो, ड्वाइन प्रीटोरियस, कागिसो रबाडा, तबरेज शम्सी, लुथो सिपामला, जोन–जोन स्मट्स, ग्लेन्टन स्टुअरम्यान, पाइट वैन बिलजोन, रासी वैन डेर डुसेन र काइल वेरिन।







डिसी नेपाल








Facebook Comment