पहिलो टि–२० मा पाकिस्तानलाई १५७ रनको लक्ष्य

डिसी नेपाल
२२ कार्तिक २०७७ १८:१२
116
Shares

काठमाडौं । पाकिस्तानको रावलपिन्डी स्थित पिन्डी क्रिकेट स्टेडियममा जारी पाकिस्तान र जिम्बावे विरुद्वको पहिलो टि–२० खेलमा पाहुना टोली जिम्बावेले घरेलु टोली पाकिस्तान १५७ रनको लक्ष्य दिउको छ । टस जितेर ब्याटिङ गरेको निर्धारित २० ओभरको खेलमा ६ विकेट गमाएर १५६ रन बनायो ।

जिम्बावेका लागि विस्ली माधभेरेले आक्रमक ब्याटिङ गरे । चौंथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४८ बलमा ९ चौंका र १ छक्काको मद्दतले अविजित ७० रन बनाए । पाहुना टोलीका अन्य खेलाडीहरुमा ओपनर ब्रेन्डेन टेलरले (२०), सेन विलियम्सले (२५), ईल्टोन चिगुम्बाले (२१) रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंक छुन सकेनन । बलिङमा पाकिस्तानका लागि हसिफ रौफ र वाहाव रियाजले समान २–२ तथा उसमान कदिर र मोहम्मद हासिनले एक–एक विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.