ह्वाइट हाउसमा कुकुर फर्किंदै

डिसी नेपाल
२३ कार्तिक २०७७ १०:४६
2.9k
Shares

काठमाडौं। जो बाइडेनले अमेरिकी राष्ट्रपतिको निर्वाचन जितेसँगै अब अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा कुकुरहरु फर्किने निश्चित भएको छ । जो बाइडेन र उनकी पत्नी जिलले अब राष्ट्रपति भवनमा दुई जर्मन शेफर्डहरु ल्याउनेछन् । च्याम्प र मेजर नामका यी दुई कुकुरहरु आगामी जनवरीमा ह्वाइट हाउस प्रवेश गर्नेछन् । यससँगै ४ वर्षपछि ह्वाइट हाउसमा कुकुर फर्किनेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले कुकुर रुचाउँदैनन् र उनी राष्ट्रपति भएसँगै ह्वाइट हाउसमा कुकुर थिएनन् ।

डेलीस्टारका अनुसार ह्वाइट हाउसमा कुकुर नराख्ने ट्रम्प दशकौं पछिका राष्ट्रपति हुन् । उनीहरु राष्ट्रपतिहरुसँग कुकुर हुन्थे । बाइडेनको कुकुर मेजरले अर्को इतिहास पनि बनाउँदैछ । ऊ ह्वाइट हाउसमा बस्ने पहिलो उद्धार कुकुर हुनेछ । बाइडेन परिवारसँग च्याक्प २००८ देखि छ र उनीहरुले मेजरलाई २०१८ मा डेलावेयर हुमाने सोसाइटीबाट लिएका थिए । रिपोर्टका अनुसार बाइडेनकी छोरी एश्लेले एक सानो कुकुरलाई अस्थायी घर चाहिएको बताएपछि बाइडेन परिवारले मेजरलाई घर ल्याएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.