आइपिएलः ३ दिनपछि दिल्लीसँग फाइनल पुग्ने दोस्रो अवसर तर हैदराबादको रेकर्ड बलियो

डिसी नेपाल
२३ कार्तिक २०७७ ११:०५
220
Shares

काठमाडौं। आइपिएलको दोस्रो क्वालिफायर आज अबुधाबीमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच हुँदैछ । दिल्ली क्यापिटल्ससँग यो फाइनल पुग्ने दोस्रो मौका हो । यसअघि बिहीबार पहिलो क्वालिफायरमा मुम्बइसँग हारेर दिल्लीले यो मौका गुमाएको थियो । आज हुने खेलको विजेताले मंगलबार मुम्बइ इण्डियन्ससँग उपाधिको लागि फाइनल खेल्नेछ । आजको खेल जिते दिल्ली आइपिएल इतिहासमै पहिलो पटक फाइनल पुग्नेछ । तर, यसअघिका खेलका रेकर्ड हेर्ने हो भने हैदराबाद बलियो देखिन्छ ।

जारी सिजनको लिग राउण्डमा दुवै खेलमा हैदराबादले दिल्लीलाई हराएको थियो । सिजनको ११ औं खेलमा दिल्ली १५ रनले हारेको थियो र ४७ औं खेलमा दिल्लीले ८८ रनले हारेको थियो । हैदराबाद आइपिएल इतिहासमा ३ पटक फाइनल खेलेको छ र २ पटक उपाधि जितेको छ । २००९ मा तत्कालीन डेक्कन चार्जर्स र २०१८ मा सनराइजर्स हैदराबादले उपाधि जितेका थिए । २०१८ को फाइनल भने हारेको थियो । दिल्ली भने अहिलेसम्म फाइनल खेल्न सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.