चुनाब हारेपछि डोनाल्ड ट्रम्पले के भने ? हार स्वीकार गर्न तयार छैनन्
काठमाडौं। अमेरिकामा नयाँ राष्ट्रपतिको रुपमा डेमोक्रेट उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन् । तर, अहिलेका बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले भने निर्वाचन प्रक्रियामा ठूलो मात्रामा धाँधली भएको आरोप लगाउँदै आफूले जितेको दावी गरेका छन् ।
71,000,000 Legal Votes. The most EVER for a sitting President!
— Donald J. Trump (@realDonaldTrump) November 7, 2020
ट्रम्पले ट्वीट गर्दै लेखेका छन् ‘पर्यवेक्षकहरुलाई गणनास्थलमा प्रवेश गर्न दिइएन । मैले ७१ मिलियन वैध भोट पाएको छु । यो चुनाब मैले जितेको छु । सबैभन्दा खराब कुरा यो भयो कि पर्यवेक्षकलाई गणनास्थलमा जान दिइएन । यस्तो पहिले कहिल्यै भएको थिएन । ठूलो संख्यामा मेल इन ब्यालेट्स मानिसहरुसम्म पुर्याइयो जबकि उनीहरुले यो मागेका थिएनन् ।’
THE OBSERVERS WERE NOT ALLOWED INTO THE COUNTING ROOMS. I WON THE ELECTION, GOT 71,000,000 LEGAL VOTES. BAD THINGS HAPPENED WHICH OUR OBSERVERS WERE NOT ALLOWED TO SEE. NEVER HAPPENED BEFORE. MILLIONS OF MAIL-IN BALLOTS WERE SENT TO PEOPLE WHO NEVER ASKED FOR THEM!
— Donald J. Trump (@realDonaldTrump) November 7, 2020
ट्रम्पले एक अन्य ट्वीटमा लेखेका छन् ‘७१ मिलियन वैध भोट । अमेरिकी इतिहासमा बहालवाला राष्ट्रपतिले पाएको सबैभन्दा धेरै भोट ।’ अमेरिकी राष्ट्रपति ट्रम्प अझै पनि हार स्वीकार गर्ने मुडमा देखिएका छैनन् । उनले पहिले आफूले सबैजसो राज्यमा अग्रता लिइरहेको अवस्थामा आफ्नो लिड रहस्यमय तरिकाले हराएको आरोप लगाएका थिए ।







डिसी नेपाल








Facebook Comment